

चितवन, माडी — माडी नगरपालिकामा सञ्चालित नगरस्तरीय आधारभूत तह (कक्षा ८) को परीक्षामा ३.९८ जि.पि.ए. सहित जनकल्याण माध्यमिक विद्यालयका छात्रा प्रमिशा पौडेल सर्वप्रथम हुनुभएको छ ।

त्यस्तै, ३.९७ जि.पि.ए. ल्याउँदै पिसल्याण्ड इङ्गलिस स्कुल, बसन्तपुरका छात्र दर्शन सुवेदी नगरस्तरमा दोश्रो हुन सफल हुनुभएको छ भने ३.९१ जि.पि.ए. सहित बालविकास इङ्गलिस स्कुल, कीर्तनपुरका छात्र अमन गौतम बोर्ड (नगर)स्तरमा तेश्रो हुन सफल हुनुभएको छ।

