माडी (स्थानीय) खबर पोष्ट

माडी नगरपालिकामा कक्षा ८ को परीक्षामा ४७.३७ प्रतिशत विद्यार्थीहरुको नतीजा ‘एनजी’

चितवन, माडी — माडी नगरपालिकामा आधारभूत तह (कक्षा ८) को परीक्षामा सहभागी आधाजसो (४७.३७ प्रतिशत) विद्यार्थीहरुले एनजी अर्थात अत्यन्त कमजोर नतीजा ल्याएका छन् ।

२०८१ सालको परीक्षामा कुल १५ वटा विद्यालयबाट ५६८ जना विद्यार्थी सहभागी भएकोमा २६९ जना विद्यार्थी ‘एनजी’ (ग्रेड नभएको वा अत्यन्त कमजोर) मा परेका हुन ।

उक्त परीक्षामा ३.६ देखि ४.० ग्रेड स्कोर गर्ने विद्यार्थी जम्मा २० जना मात्र रहेका छन् । ३.२–३.६ ग्रेड समूहमा ८५ जना विद्यार्थी, २.८–३.२ मा ११० जना, २.४–२.८ मा ६८ जना, र २.०–२.४ मा १६ जना विद्यार्थी परेका छन् ।

सबैभन्दा धेरै विद्यार्थी सहभागी भएको विद्यालय ‘सोमेश्वर माध्यमिक विद्यालय बरुवा’ हो, जहाँ ८५ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । सोही विद्यालयबाट सबैभन्दा धेरै ६४ जना विद्यार्थी ‘एनजी’ मा परेका छन्।

दोस्रो धेरै विद्यार्थी ‘माडी माध्यमिक विद्यालय बसन्तपुर’बाट सहभागी भएका थिए, जसमा ७६ जना विद्यार्थी मध्ये ४४ जना ‘एनजी’ मा परेका छन् ।

यसैगरी, ‘जनजीवन माध्यमिक विद्यालय’ बाट ४८ जनामध्ये २८ जना एनजी मा परेका भने ‘दिवाकर स्मृति माध्यमिक विद्यालय’ बाट सहभागी ७१ विद्यार्थी मध्ये २५ जना एनजीमा परेका छन् ।

विद्यार्थीहरूको ग्रेड विश्लेषण गर्दा बहुसंख्यक विद्यार्थीको नतिजा कमजोर रहेको देखिन्छ । यसले शिक्षाको गुणस्तरमा सुधार आवश्यक रहेको संकेत गर्दछ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार