चितवन खबर पोष्ट

सोमेश्वर हुँदै भारत जोड्ने सडक निर्माण गर्न प्रधानमन्त्रीसमक्ष काँग्रेस र एमाले चितवनको माग

चितवन, माडी — सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस र नेकपा एमाले चितवनका नेताहरुले प्रधानमन्त्री के.पी. ओलीलाई सामुहिक भेट गर्दै ‘माडीबाटै सोमेश्वर हुँदै भारत जोड्ने व्यापारिक मार्ग निर्माणको पहल र बजेट व्यवस्थापन गर्न’ अनुरोध गरेका छन् ।

काँग्रेस र एमाले चितवनका नेताहरुले विहीबार साँझ प्रधानमन्त्री ओलीलाई पेश गरेको आगामी बर्ष २०८२/८३ को बजेटमा समेट्नुपर्ने योजनाहरुबारेको सुझावपत्रमा, ‘लिच्छविकालदेखि नै नेपाल र भारतबीचमा व्यापार हुनेगरेको सोमेश्वर नाकामा भारत सरकारको पहलमा पक्की बाटो निर्माण गरी आवश्यक सुरक्षासहित सीमा जोड्न’ अनुरोध गरिएको हो ।

जिल्लाभरका अल्पाकालीन र दीर्घकालीन २३ वटा विभिन्न योजनाहरु माग गरिएको सुझाव पत्रमा समेटिएका माडीसंग सम्बन्धित अन्य योजनाहरुमा ‘भारत र चीन जोडिने छोटो बाटो केराबारी-मलेखु-भरतपुर-माडी-ठोरी-लुम्बिनी निर्माण गर्न’ पनि अनुरोध रहेको छ ।

त्यस्तै, चितवन राष्ट्रिय निकुञ्जको जङ्गली बाघ रहने क्षेत्रमा बनको झ्याङ फाड्नुपर्ने, अयोध्या धाम र सोमेश्वर गढीलाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा संरक्षण तथा पूर्वाधार विकास गर्न बजेट विनियोजन गर्नुपर्ने, कृषि क्षेत्रको विकास गर्नुपर्ने, हुलाकी सडकलाई स्तरोन्नति गर्नुपर्ने लगायतका योजना समेत समेट्नुपर्ने औंल्याइएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार