चितवन खबर पोष्ट

पुलचोक गोन्द्राङ सडकको प्रधानमन्त्री ओली, शहरी विकास मन्त्री सिंह र मेयर दाहालद्वारा उद्घाटन

चितवन, माडी — ६ लेनमा विस्तारित पुलचोक गोन्द्राङ सडकको प्रधानमन्त्री केपी ओली, शहरी विकास मन्त्री प्रकाशमान सिंह र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगायतले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले नै चार वर्ष अगाडि २०७७ माघ १७ गते सो सडक विस्तारको शिलान्यास गर्नुभएका थियो । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रम ओलीले सुरुमा इच्छाकामना गाउँपालिकाको नयाँ प्रशासकिय भवनको उद्घाटन गर्नुभएको थियो । त्यसपछि भरतपुर आएर पुलचोक–गोन्द्राङ सडकको उद्घाटन गर्नुभएको हो ।

यसैबिच, प्रधानमन्त्री ओलीले चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक समयमै पूरा हुने बताउनुभएको छ । उक्त सडकको गैँडाकोट खण्डको निरीक्षण गर्दै प्रधानमन्त्री ओलीले निर्माणमा संलग्न ‘चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेशन लिमिटेड’का प्रतिनिधिसँग सडकको प्रगतिबारे जानकारी लिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार