माडी (स्थानीय) खबर पोष्ट

माडी जेसीज र मौलाकालिका अस्पतालबीच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना’ सम्झौता

माडी, चितवन — माडी जेसीज र मौलाकालिका अस्पतालबीच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना’ अन्तर्गत औपचारिक सम्झौता भएको छ। सम्झौताअनुसार अस्पतालले माडी जेसीजका सदस्य तथा तिनका परिवारका लागि विशेष छुटका साथ स्वास्थ्य सेवा उपलब्ध गराउनेछ।

सम्झौता बमोजिम, अस्पतालले विशेष सेवा र अपग्रेड गरिएका सेवाबाहेक जेसिज सदस्य र तिनका परिवारहरूलाई सामान्य स्वास्थ्य सेवा तथा फार्मेसी सेवामा क्रमशः २५% र ५% छुट दिनेछ । बिहीबार अस्पताल परिसरमा जेसीजका अध्यक्ष जेसी ईश्वर रानाभाट र मौलाकालिका अस्पतालका प्रबन्ध निर्देशक डा. रमेश घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौतामा माडी जेसीजका कानुनी सल्लाहकार जेसी सुनिल गौतम, कोषाध्यक्ष जेसी प्रकाश सुवेदी, र उपाध्यक्ष जेसी उत्तम अधिकारीको उपस्थिति रहेको थियो । दुवै संस्थाबीचको यो सहकार्यले सामाजिक उत्तरदायित्वलाई प्रवर्द्धन गर्नुका साथै स्थानीय स्तरमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

ताजा समाचार