खेल र खेलाडी पोष्ट

निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको करिब २० प्रतिशत काम सम्पन्न

भरतपुर महानगरपालिका वडा नं. १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको करिब २० प्रतिशत काम सम्पन्न भएको छ। संघीय र प्रदेश सरकारको सहकार्यमा महानगरले निर्माण गरिरहेको रंगशालाको काम हिमालयन कालिञ्चोक बिबिआर जेभी कम्पनीमार्फत तीव्र गतिमा भइरहेको हो।

अहिले १७० जना कामदार दैनिक खटिएको तथा चारमध्ये एक प्याराफिटको ढलान सकिएको र अन्य संरचनाहरूको ढलानको तयारी भइरहेको डिभिजनल इन्जिनियर सन्तोष आचार्यले जानकारी दिनुभयो।

महानगर प्रमुख रेनु दाहालले सम्झौताअनुसार तालिकामा काम भइरहेको र आवश्यक सहजीकरण महानगरले गरिरहेको बताउँदै, निर्माण कार्य समयमै सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

रु ७८ करोड ५० लाख लागतमा निर्माण भइरहेको रंगशाला २०८३ पुस २२ गतेभित्र सम्पन्न गर्ने लक्ष्य छ। संघीय र प्रदेश सरकारले क्रमशः ३०% र ७०% लागत व्यहोरेका छन्। अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण भइरहेको रंगशालामा भविष्यमा अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने लक्ष्य लिइएको छ।

तपाईको प्रतिक्रिया

ताजा समाचार