चितवन खबर पोष्ट

माडी माध्यमिक विद्यालयले दश जोड दुइ तहमा होटल म्यानेजमेन्ट संकायको अध्यापन सुरु गर्ने

माडी, चितवन । माडीकै अग्रणी शैक्षिक संस्था समेत रहेको माडी माध्यमिक विद्यालयले होटल म्यानेजमेन्ट संकायको अध्यापन सुरु गर्ने भएको छ ।

विद्यालयले यस वर्षदेखि कक्षा ११ मा माडीमै पहिलो पटक नयाँ संकायका रूपमा प्राविधिक एवं रोजगारमुलक बिषयका रुपमा रहेको होटल म्यानेजमेन्ट बिषय सुरु गर्न लागेको हो । उच्च माध्यमिक तहमा होटल म्यानेजमेन्ट बिषयले पर्यटन तथा सेवामूलक क्षेत्रमा भविष्य खोज्ने विद्यार्थीहरूलाई लक्षित गरेको छ ।

संघीय सरकारबाट नमुना विद्यालयका छनौट भएको सो विद्यालयमा हाल कक्षा १२ सम्म बिज्ञान बिषय, कम्प्युटर साइन्स एवं पशु विज्ञानजस्ता विषय अध्यापनमा रहेका छन् । विद्यालयमा प्रत्येक कक्षामा सिसि क्यामेरा र प्रोजेक्टर जडान हुनुका साथै आई.सि.टी. प्रयोगद्वारा शिक्षण, अनुभवी शिक्षक, पुस्तकालय, ल्याब र इन्टरनेट सुविधा रहेको विद्यालयका सह-प्रधानाध्यापक राजन काफ्‌लेले जनाउनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार