कला-साहित्य पोष्ट

नारायण सापकोटाको अध्यक्षतामा १५ सदस्यीय माडी प्रज्ञा प्रतिष्ठान गठन, उपाध्यक्षमा सि.एम. चितौने

माडी, चितवन । माडी नगरपालिकाको नगरसभाले पत्रकार नारायण प्रसाद सापकोटाको अध्यक्षतामा १५ सदस्यीय माडी प्रज्ञा प्रतिष्ठान गठन गरेको छ । प्रतिष्ठानको उपाध्यक्षमा साहित्यसर्जक एवं शिक्षक चन्द्रमणि महतो (सि.एम. अपील चितौने) रहनुभएको छ ।

त्यस्तै प्राज्ञ सभा सदस्यहरुमा थारु लोककलाकार हिरामणी महतो साथै रंगकर्मी सुमन तिमिल्सिना (वडा नं. १), विचारक सत्यप्रकाश पौडल (वडा नं. २), थारु लोककलाकार ईन्द्रादेवी महतो (वडा नं. ३), कवि एवं शिक्षक बिपिन पाठक (वडा नं. ४) र कलाकार एवं शिक्षक नारायण ‘आभाष’ दुवे (वडा नं. ५) रहनुभएको छ ।

त्यसैगरी प्राज्ञ सभा सदस्यहरुमै लोक कलाकार प्रेमकुमार बिष्ट साथै लोक गायिका अञ्जु तामाङ (वडा नं. ६), शिक्षक एवं गजलकार ईन्दिरा दाहाल साथै धार्मिक अध्येता पं. सुदर्शन सुवेदी (वडा नं. ७), मुर्तीकार सुर्य के.सी ‘मध्यरात’ साथै पार्वती बि.क. (वडा नं. ८) र दुरा संस्कृतिका ज्ञाता तथा पर्यटनकर्मी श्याम दुरा (वडा नं. ९) रहनुभएको छ ।

यसबाहेक जनप्रतिनिधिहरु मध्येबाट बिषयगत समिति संयोजक (पदेन सदस्य) र नगरपालिकाले तोकेको कर्मचारी सदस्य सचिव रहने व्यवस्था रहेको छ । माडी प्रज्ञा प्रतिष्ठान गठन भएसंगै यस क्षेत्रको भाषा-साहित्य, ललितकला, गीत, संगित, दर्शन, सामाजिकशास्त्र, ज्ञान विज्ञान तथा संस्कृतिको अध्ययन, अनुसन्धान, संरक्षण, सम्वद्र्धनमा विशेष योगदान पुग्ने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार