अपराध खबर पोष्ट

ठोरीका होटलमा चल्ने यौन धन्दाको बिरोधमा स्थानीय महिला, पिटिंदै लखेटिए होटलमा बसेका पुरुष

माडी, चितवन । पर्साको ठोरी गाउँपालिका वडा नं. ४, आठघरका महिला समूहले स्थानीय होटलहरूमा सञ्चालित यौन व्यवसायको विरोध गर्दै होटलमा बसेका पुरुषहरूलाई पिटेर लखेटेका छन् ।

सो क्षेत्रका होटलहरूमा लामो समयदेखि यौन धन्दा सञ्चालन भइरहेको भन्दै सयौंको सङ्ख्यामा उपस्थित महिलाहरुले ईलाका प्रहरी कार्यालय ठोरीमा उजुरी दिदा पनि कुनै ठोस कारबाही नभएको गुनासो सहित महिलाहरूआफैं संगठित भइ यौनजन्य गतिविधिमा संलग्न व्यक्तिहरूलाई कारबाही गरेको बताएका हुन् ।

स्थानीय महिलाहरूका अनुसार, ठोरी गाउँपालिकाका विभिन्न स्थानमा रहेका होटलहरूमा यौन व्यवसाय खुलेआम चलिरहेको छ । यो गतिविधिले समुदायमा नकारात्मक प्रभाव परिरहेको र विशेषगरी युवा पुस्ता तथा महिलाहरूको सुरक्षामा चुनौती थपिएको उनीहरूको भनाइ छ ।

“हाम्रो गाउँमा यस्तो गलत कामले हाम्रा छोरीचेली र समुदायको इज्जतमा धक्का पुगेको छ,” एक स्थानीय महिला समूहकी सदस्यले भनिन्। “हामीले यस्ता गतिविधि रोक्न आफैं अघि सर्नुपर्‍यो ।” स्थानीय प्रशासनले यो विषयमा तत्काल अनुसन्धान गरी आवश्यक कदम चाल्नुपर्ने स्थानीयवासीले माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

ताजा समाचार