खेल र खेलाडी पोष्ट

माडी नगरपालिकाको स्थानीय चारजना खेलाडीहरुलाई उत्कृष्ट खेलाडीका रुपमा सम्मान

माडी, चितवन । माडी नगरपालिकाको स्थानीय चारजना खेलाडीहरुलाई उत्कृष्ट खेलाडीका रुपमा सम्मान गरेको छ । बिहीबार सम्पन्न नगर सभाको १५औं अधिवेशनको चौथो बैठकमा खेलाडीहरुलाई नगद र कदरपत्रसहित सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा, पाकिस्तानमा सञ्चालित नेत्रहीन क्रिकेट प्रतियोगितामा सहभागी हुनुभएका खेलाडी अमिश गुरागाईं, नवौं राष्ट्रिय खेलकूद प्रतियोगितामा सर्टपुटमा काश्यपदक विजेता ललित राउत, साउथ एसियन तेक्वान्दो प्रतियोगितामा स्वर्णपदक विजेता जीतबहादुर बोट र खेलाडी अनिश महतो रहनुभएको छ ।

माडी नगरप्रमुख ताराकुमारी काजी महतो र प्रमुख प्रशासकीय अधिकृत जगतराज भुसालले कदरपत्र हस्तान्तरण गर्नुभएको थियो । सम्मानित हुनेहरुमध्ये राउत आफू स्वयम् कार्यक्रममा सहभागी रहनुभएको थियो भने अन्यको परिवार सदस्यले सम्मानपत्र ग्रहण गरेका थिए ।

तपाईको प्रतिक्रिया