माडी, चितवन । माडी–४, खैरहनीमा रहेको माडी प्राङ्गारिक कृषि फर्म तथा अनुसन्धान केन्द्रलाई माडी नगरपालिकाले उत्कृष्ट कृषि फर्मका रुपमा सम्मान गरेको छ ।
नगरपालिकाले १५औं नगर सभाको चौथो बैठकमा फर्मका सञ्चालक समेत रहनुभएका कृषि बैज्ञानिक डा. भानिश्वर पोखरेललाई नगद र कदरपत्रसहित सम्मनित गरेको हो । डेनमार्कबाट कृषिमा विद्यावारिधी गर्नुभएका डा. पोखरेल हाल सो फर्मबाटै कृषि उत्पादन, अनुसन्धान र विश्वविद्यालय शिक्षण गर्दै आउनुभएको छ ।
माडी नगरप्रमुख ताराकुमारी काजी महतो र प्रमुख प्रशासकीय अधिकृत जगतराज भुसालले डा. पोखरेललाई कदरपत्र हस्तान्तरण गर्नुभएको हो । सम्मान पाएसंगै डा. पोखरेलले पालिकालाई धन्यवाद व्यक्त गर्दै ‘माडीको कृषि विकासमा थप काम गर्न हौसला मिलेको’ प्रतिक्रिया व्यक्त गर्नुभयो ।




