कृषि र कृषक पोष्ट

माडी न.पा.द्वारा उत्कृष्ट माछापालक कृषकका रुपमा न्यू जेन एग्रो फर्म, सितलपुरका ढकाल सम्मानित

माडी, चितवन । माडी नगरपालिकाले उत्कृष्ट मत्स्यपालक कृषकका रुपमा न्यू जेन एग्रो फर्म, सितलपुरका सञ्चालक कञ्चन ढकाललाई सम्मान गरेको छ । १५औं नगर सभाको चौथो बैठकमा युवा मत्स्य कृषक ढकाललाई नगद सहित कदरपत्रले सम्मान गरिएको हो ।

आधुनिक प्रविधि सहितको न्यू जेन एग्रो फर्मले हाल माडीकै सर्बाधिक माछा उत्पादन गरिरहेको छ । माडी नगरप्रमुख ताराकुमारी काजी महतो र प्रमुख प्रशासकीय अधिकृत जगतराज भुसालले युवा कृषक ढकाललाई कदरपत्र हस्तान्तरण गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार