कृषि र कृषक पोष्ट

रोचक गाई फर्मका सञ्चालक पौडेललाई माडी नगरपालिकाको उत्कृष्ट पशुपालक कृषक सम्मान

माडी, चितवन । माडी नगरपालिकाले उत्कृष्ट पशुपालक कृषकका रुपमा रोचक गाई फर्म, माडी-७, कीर्तनपुरका सञ्चालक राजन पौडेललाई सम्मान गरेको छ । १५औं नगर सभाको चौथो बैठकमा कर्मयोगी कृषक पौडेललाई नगद सहित कदरपत्रले सम्मान गरिएको हो ।

कृषक पौडेलको फर्मले हाल माडीकै सर्बाधिक दुध उत्पादन गरिरहेको छ । माडी नगरप्रमुख ताराकुमारी काजी महतो र प्रमुख प्रशासकीय अधिकृत जगतराज भुसालले कृषक पौडेललाई कदरपत्र हस्तान्तरण गर्नुभएको हो । सम्मान ग्रहण गरेसंगै कृषक पौडेलले कृषि पेशालाई थप अगाडि बढाउन हौसला मिलेको प्रतिक्रिया दिनुभयो ।

तपाईको प्रतिक्रिया