माडी, चितवन । माडी नगरपालिकाले नगरका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु मध्ये परुसन पासवान र प्रतीक्षा गौतमलाई सम्मानित गरेको छ । माडी-९, हनुमानझुला (बाँदरझुला)स्थित आधारभुत स्वास्थ्य केन्द्रमा अ.हे.व. चौथो तहमा कार्यरत पासवान र माडी-८, खरकट्टास्थित अयोध्यापुरी स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैठौं तह)का गौतम सम्मानित हुनुभएको हो ।
हनुमानझुलास्थित स्वास्थ्य केन्द्रमा विगत लामो समयदेखि सेवा गर्दै आउनुभएका पासवान र अयोध्यापुरी क्षेत्रमा कार्यरत गौतमले ग्रामीण स्वास्थ्य सेवामा उल्लेखनीय काम गर्नुभएको भन्दै नगरले नगदसहित सम्मान गरेको हो । उहाँद्वयलाई नगरप्रमुख ताराकुमारी काजी महतो र प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालले कदरपत्र हस्तान्तरण गर्नुभएको थियो ।




