चितवन खबर पोष्ट

माडी नगरपालिकामा कार्यरत शिक्षकहरुमध्ये सुमादेवी पन्त र वीरेन्द्र प्रसाद महतो सम्मानित

माडी, चितवन । माडी नगरपालिकाले नगरका सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षकहरुमध्ये सुमादेवी पन्त र वीरेन्द्र प्रसाद महतोलाई सम्मानित गरेको छ ।

माडी-८, दक्षिण अयोध्यापुरीस्थित श्री राष्ट्रिय आधारभूत विद्यालय दक्षिण अयोध्यापुरीमा वालविकास शिक्षकका रुपमा कार्यरत नमुना शिक्षक एवं वालविकास सिकाई प्रशिक्षिका समेत रहनुभएका सुमादेवी (सोमा) पन्तलाई उत्कृष्ट शिक्षकका रुपमा नगद सहित सम्मान गरिएको हो ।

त्यसैगरी माडी-३, रतनी धोबाहास्थित बाढीग्रस्त विद्यालयलाई आफ्‌नै पहलमा जग्गा र भवन निर्माण सहयोगी (दाता) खोजी र व्यवस्थापन गरी सुविधासम्पन्न बनाउनुभएका तथा शैक्षिक गुणस्तरमा समेत अब्बल साथै नमुना कायम गर्नुभएका, रा.आ.वि. रनती धोबाहाका प्रधानाध्यापक महतोलाई पनि उत्कृष्ट शिक्षकका रुपमा नगद र कदरपत्रसहित सम्मान प्रदान भएको हो ।

तपाईको प्रतिक्रिया