चितवन खबर पोष्ट

माडीका सामाजिक संस्थाहरुमध्ये चितवन सक्रिय महिला प्रतिष्ठान उत्कृष्ट संस्थाका रुपमा सम्मानित

माडी, चितवन । माडी नगर क्षेत्रमा क्रियाशील सामाजिक संघसंस्थाहरु मध्ये चितवन सक्रिय महिला प्रतिष्ठानलाई उत्कृष्ट संस्थाका रुपमा सम्मान गरिएको छ । बिहीबार सम्पन्न माडी नगरपालिकाको १५औं नगर सभाको चौथो बैठकमा माडी नगरप्रमुख ताराकुमारी काजी महतो र प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले उत्कृष्ट सामाजिक संस्थाका रुपमा सो संस्थालाई कदरपत्र प्रदान गर्नुभयो ।

भरतपुर महानगरपालिका-११, मुक्तिनाथ मार्गमा मुख्य कार्यालय रहेको सो संस्थाले चितवनका अन्य पालिकाहरुसंगै गोर्खा, तनहुँ, कास्की, स्याङ्जा, पर्वत लगायतका आधा दर्जन जिल्लाहरुमा समेत एच.आई.भी एड्स, लैंगिक अधिकार र वातावरणजन्य विभिन्न परियोजनाहरु सञ्चालन गरिआएको छ ।

तपाईको प्रतिक्रिया