चितवन खबर पोष्ट

नयाँ आर्थिक बर्षको सुरुवातसंगै इलाका प्रहरी कार्यालय माडीले अपराध अनुसन्धान सेवा समेत दिँदै

माडी, चितवन । नयाँ आर्थिक बर्ष २०८२/८३ को सुरुवातसंगै इलाका प्रहरी कार्यालय माडीले अपराध अनुसन्धान सेवा समेत दिने भएको छ । अपराध अनुसन्धानको सेवा जनताको पहुँचमा पुर्‍याउने उद्देश्यले माडी र भण्डारास्थित इलाका प्रहरी कार्यालयलाई अपराध अनुसन्धान गर्ने अधिकार दिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले बताउनुभयो ।

यसअघि यो सेवा चितवनमा जिल्ला प्रहरी कार्यालय भरतपुरसंगै टाँडी, खैरहनी र मुग्लिनस्थित इलाका प्रहरी कार्यालयमा मात्रै रहेको थियो । इलाका प्रहरी कार्यालय माडीलाई यो अधिकार दिइएसंगै अब माडीवासीहरूले आपराधिक उजुरी, अनुसन्धान र कानुनी कारबाहीको सेवा स्थानीय स्तरमै पाउने भएका छन् ।

प्रहरी सेवाको यस विस्तारले माडीका नागरिकहरूलाई सुरक्षासम्बन्धी अधिकारको थप प्रत्याभूति गराउने तथा उजुरी दर्ता र अनुसन्धानका लागि टाढा जानुपर्ने बाध्यता हट्दा समय, खर्च र प्रक्रियामा सहजता आउने अपेक्षा गरिएको एसपी पुरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार