माडी, चितवन । इलाका प्रशासन कार्यालय माडीले आर्थिक वर्ष २०८१/०८२ मा १ हजार ३७ वटा नयाँ नागरिकता जारी गरेको छ ।
कार्यालयले विहीबार सार्वजनिक गरेको बार्षिक प्रतिवेदन अनुसार सो कार्यालयले गत आर्थिक बर्षमा १ हजार ३१ वटा वंशज तथा ६ वटा बैवाहिक अंगिकृत नागरिकता जारी गरेको हो । यसबाहेक सो आर्थिक बर्षको अवधीमा १ हजार ६३३ वटा प्रतिलिपि नागरिकता समेत जारी गरिएको प्रतिवेदनमा जनाइएको छ ।

त्यस्तै ६४ वटा नाबालक परिचयपत्र, ६ जना व्यक्ति प्रमाणित र ८६ जना जातजाती प्रमाणित गरिएको पनि प्रतिवेदनमा उल्लेख छ । कार्यालयले हाल नागरिकताको प्रमाणपत्र लगायत राष्ट्रिय परिचयपत्रको सेवा प्रवाह गरिआएको शाखा अधिकृत कृष्णप्रसाद श्रेष्ठले जनाउनुभयो ।


