चितवन खबर पोष्ट

नयाँ आ.व. २०८२/८३ को सुरूवातसंगै माडी नगरको नयाँ बजेट एवं करका नयाँ दररेटहरु कार्यान्वयनमा

माडी, चितवन । नयाँ आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएसंगै माडी नगरपालिकाको नयाँ बजेट एवं करका नयाँ दररेटहरु कार्यान्वयनमा आएका छन् । माडी नगरपालिकाले गत असार ९ गते १५औं नगरसभाको पहिलो बैठकबाटै नयाँ बजेट सर्वसम्मत पारित गरेको हो । नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ९२ करोड ६६ लाख ८८ हजार रूपैंयाको बजेट पारित गरेको थियो ।

नयाँ बजेटमा माडी १ का लागि १ करोड १० लाख; वडा नं. २, ३, ६ र ७ का लागि १ करोड; वडा नं. ४, ५ र ८ का लागि ९० लाख तथा हनुमानझुला समेत माडी ९का लागि १ करोड ४५ लाख रुपैंयाका विभिन्न कार्यक्रम रहेका छन् । यसबाहेक कृषि शाखाको १ करोड, पशुपंक्षी तथा मत्स्य विकास शाखाको १ करोड २० लाख, न्यायिक समितिको १० लाख, स्वास्थ्य शाखाको ५५ लाख र आयुर्वेद शाखाको २० लाख रुपैंयाका कार्यक्रमहरु रहेका छन् ।

त्यसैगरी वन, वातावरण एवं विपद् व्यवस्थापनमा ५० लाख, शिक्षा युवा र खेलकूदका लागि ४ करोड, श्रम तथा रोजगारका लागि ४ करोड ७२ लाख, दलितका लागि १५ लाख, महिला वालबालिका ज्येष्ठ नागरिक र अपांगका लागि २० लाख, सहकारीका लागि १ लाख, पर्यटनका लागि १५ लाख र आदिवासी जनजातिका लागि १५ लाख रुपैंया बजेटका कार्यक्रमहरु समेटिएका छन् ।

पुजिँगततर्फ नगरस्तरीय योजनाहरुका लागि २ करोड तथा नगर स्तरीय कार्यक्रमका लागि ५० लाख रुपैंया बजेट रहँदा नगर स्तरीय चालू शीर्षकमा सर्बाधिक करीब २० करोड रुपैंया बजेट राखिएको छ । चालू शीर्षकमा कर्मचारी र जनप्रतिनिधिहरुको तलब, भत्ता, इन्धन, भ्रमण, सवारी साधन, मेसिनरी मर्मत सम्भार, टेलिफोन, बिजुली, तथा अन्य प्रशासनिक खर्चहरु समेटिएका हुन्छन् ।

तपाईको प्रतिक्रिया