माडी, चितवन । नेकपा एमाले सम्वद्ध अखिल नेपाल महिला संघको माडी नगर अध्यक्षमा ईन्द्रकुमारी विक चयन हुनुभएको छ । शुक्रबार बसन्तपुर बजारस्थित होटल प्याराडाइजको सभाहलमा सम्पन्न तिज शुभकामना आदान-प्रदान तथा दर खाने कार्यक्रम साथै अखिल नेपाल महिला संघ माडीको तेस्रो नगर सम्मेलनबाट बि.क.को अध्यक्षतामा ३७ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन भएको हो ।
नवनिर्वाचित कमिटीमा उपाध्यक्ष शान्ति महतो, सचिव शोभा भुसाल, कोषाध्यक्ष जमुना खनाल र उपसचिव राधा पौडेल रहनुभएको छ । नयाँ कमिटीलाई एमाले माडीका नेतृ सरस्वती विष्टले सपथ ग्रहण गराउनुभयो ।

नेकपा एमाले माडी नगर अध्यक्ष नारायण अधिकारीको अध्यक्षतामा सञ्चालित सो कार्यक्रममा एमाले नेताहरु यमबहादुर परियार इन्द्रजित, सरस्वती विष्ट, रामप्रसाद न्यौपाने, श्याम विष्ट, शिवहरी सुवेदी, कमल रामदाम, ताराकुमारी काजी महतो, नारायण पौडेल, श्रीप्रसाद दवाडी, रेशमलाल आचार्य, पुर्णकला सुनार, विष्णु आचार्य, सरोज शाह, हरि पौडेल, दिपेन्द्रराज पौडेल, महदत्त काफ्ले, श्यामबन्धु पोखरेल लगायतका नेताहरूको विशेष उपस्थिति रहेको थियो ।


