माडी, चितवन । स्वास्थ्य र सेवाको क्षेत्रमा योगदान गर्दै आउनुभएका माडीका वरिष्ठ स्वास्थ्यकर्मी गोविन्द प्रसाद नेपाललाई ‘इण्टरनेशनल आइकन अवार्ड २०२५ नेपाल’ बाट सम्मानित गरिएको छ ।
अमोल भगत मिडिया (ABM) को आयोजनामा राष्ट्रिय नाँचघर जमल (काठमाडाैं)मा सम्पन्न 5th Business and Invertors Summit कार्यक्रममा नेपाललाई ‘Health & Care of The Year 2025’ सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा पूर्व खानेपानी मन्त्री तथा सांसद अब्दुल खान, प्रतिनिधि सभा सदस्य चिरिङ ल्हामु लामा (तामाङ), शिक्षा विज्ञ यादव गिरी, ए.वि.एम.का संस्थापक अमोल भगत, दक्षिण एसियाली व्यवसाय साझेदारीका निर्देशक एम. गोलाम फरुक माज्नु लगायतको उपस्थितिमा नेपाललाई सम्मान गरिएको थियो ।


