चितवन खबर पोष्ट

माडी नगरपालिकाले स्वास्थ्य वीमा, सडक विद्युत महसुल भुक्तानी लगायतका अनुत्पादक खर्चमा रोक

माडी, चितवन — माडी नगरपालिकाले ग्याँस, ह्याण्डपम्प, साडी र साइकल वितरण एवं स्वास्थ्य वीमा, सडक विद्युत महसुल भुक्तानी लगायतका अनुत्पादक खर्च हुने कार्यक्रम सञ्चालनमा रोक लगाएको छ ।

नगरका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसाल हस्ताक्षरित परिपत्र अनुसार नगर कार्यपालिका, सबै शाखा र वडा कार्यालयहरुलाई सो प्रकारका अनुत्पादक खर्च कटौती गरी मितव्ययिता कायम गर्न निर्देशन दिएको हो ।

नेपाल सरकारको मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णय र अर्थ मन्त्रालयको २०८२ असोज ७ गतेको परिपत्र अनुसार नगरपालिकाले यो निर्देशन जारी गरेको हो । परिपत्र अनुसार अनुत्पादक खर्चमा कटौती गर्दै मितव्ययिता अपनाउनुपर्ने बताइएको छ ।

योसंगै वडा कार्यालयहरुमार्फत हुँदै आएको सडक बत्तीको विद्युत महशुल भुक्तानी, विपन्न वडावासीहरुको निःशुल्क स्वास्थ्य वीमा लगायतका समाजवादी मोडलका कार्यक्रम एवं ग्याँस, ह्याण्डपम्प, साडी र साइकल वितरण लगायतका अन्य वितरणमुखी कार्यक्रम सञ्चालन नहुने भएको हो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार