चितवन खबर पोष्ट

गृहिणी शसक्तिकरण कार्यक्रम’ अन्तरगत माडी-४ का महिलाहरू दुना टपरी बनाउँदै (भिडियो सहित)

२५ कार्तिक, माडी । ‘गृहिणी शसक्तिकरण कार्यक्रम’ अन्तरगत माडी-४ वडा कार्यालयले टपरी बनाउने मेसिन खरिद गरी स्थानीय महिलाहरुलाई दुनाटपरी बनाउने तालिम दिएको छ । मंगलबार वडा कार्यालय परिसरमा ५ दिने तालिम सुरु भएको हो । तालिम २० जना महिलाहरु सहभागी रहेका छन् ।

तालिमको उद्घाटन गर्दै माडी नगरप्रमुख ताराकुमारी काजी महतोले ‘फालिएका पात बटुलेर टपरी बनाउँदै महिलाहरुको आयआर्जन र रोजगारी बढाउने प्रयास गरिएको’ बताउनुभयो । ‘कार्यक्रमलाई दीगो बनाउन र निरन्तरता दिन’ उहाँको जोड थियो ।

त्यस्तै, माडी-४ का वडाध्यक्ष माधव चापागाईंले ‘चितवन निकुञ्ज कार्यालय कसराले सुरुमा नमानेपानी वडा र पालिकाले विशेष पहल गरी रिस्कमै काम सुरु गरेको’ स्मरण गर्नुभयो । ‘व्यवसायिक रुपमा टपरी उत्पादन गरी बजारिकरण गर्न एवं पारदर्शी रुपमा सञ्चालनका लागि समूह वा समिति गठन गर्नुपर्ने’ उहाँको सुझाव थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार