चितवन खबर पोष्ट

प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपा ले चितवन ३ बाट पुनः बिक्रम पाण्डेको एकल नाम सिफारिस

०६ पाैष, माडी । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चितवन क्षेत्र नं. ३ बाट पुनः बिक्रम पाण्डेको एकल नाम उम्मेदवार सिफारिस गरेको छ ।

राप्रपा चितवन क्षेत्र नं. ३ को बैठकले निवर्तमान सांसद एवं पूर्वमन्त्री तथा पार्टीका उपाध्यक्ष समेत रहनुभएका पाण्डेको नाम एकल सिफारिस गरेको क्षेत्रीय अध्यक्ष मदन पौडेलले बताउनुभयो । समानुपातिक तर्फको उम्मेदवार सिफारिस भने अर्को दिन तय गरिने उहाँले जनाउनुभयो ।

वि.सं. २०५६ सालदेखि निरन्तर यसै क्षेत्रबाट निर्वाचन लड्दै आउनुभएका पाण्डे वि.सं. २०७४ सालको संविधान सभा निर्वाचन (१०,७५८ मतसहित) र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा (३५,०५५ मत ल्याउँदै) दुई पटक निर्वाचित हुनुभएको थियो । निर्माण व्यवसायी पृष्ठभूमिका पाण्डेले मिडिया, हाइड्रोपावर लगायतका क्षेत्रमा समेत ठूलो लगानी गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया