०८ पाैष, माडी । माडी नगरपालिका वडा नं. ९ मा पर्ने निकुञ्ज किनारको दुर्गम बस्ती हनुमानझुलामा विद्युत विस्तारको माग गर्दै स्थानीयले उर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री कुलमान घिसिङ समक्ष दबाब दिएका छन् ।
घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले नै व्यवस्था गरेको बस चढेर हनुमानझुलाबाट पार्टीको कार्यक्रमस्थल भरतपुर पुगेका उनीहरुले घिसिङलाई भेटी ‘आफ्नो गाउँमा बिजुली नबाले मत नदिने बताउँदै भोट माग्न नआउन’ आक्रोशपूर्वक स्पष्ट पारेका हुन् ।

वर्षौंदेखि अँध्यारोमा बस्न बाध्य उनीहरुले घिसिङसमक्ष आक्रोश र आशा दुवै व्यक्त गरे । सो क्रममा उनीहरुले ‘राष्ट्रिय निकुञ्जको अवरोध देखाएर आफूहरूलाई सधैँ आधुनिक सेवा सुविधाबाट बञ्चित गरिएको’ गुनासो पोखेका थिए । ‘कानुन इन्द्रले नभई मान्छेले नै बनाएको बताउँदै यस्तो कानुन फाल्नुपर्ने’ उनीहरुको माग थियो ।

जवाफमा मन्त्री घिसिङले ‘निकुञ्जकै अवरोधका कारण दुई चरणको टेण्डर रद्द हुन पुगेको र काम रोकिएको’ जानकारी दिंदै ‘जसरी भएपनि बिजुली बाल्ने’ आश्वासन दिनुभयो । ‘यसका लागि निकुञ्जसंग समन्वय भइरहेको’ उहाँको जिकिर थियो । (भिडियोः सामाजिक सञ्जाल)

