११ पाैष, माडी । माडीका कलाकारहरूले स्थानीयस्तरमै तयार गरिएको म्युजिक भिडियो ‘साना, साना आँखा’ सार्वजनिक भएको छ । माण्डवी फिल्मस्को व्यानरमा निर्मित यस भिडियो सोही कम्पनीको अफिसियल युट्युब च्यानलबाट शुक्रवार साँझ ६ बजे रिलिज भएको हो ।
माडीका गीतसंगित सर्जक एवं लेखक प्रविन ‘सन्नाटा’ भण्डारीले गायनमा डेब्यु (सुरूवात) गर्नुभएको यस म्युजिक भिडियोमा लेखन, छायाँकन, सम्पादन र निर्देशनका साथै व्यवसायिक कोरियोग्राफरका रुपमा कृष्ण ‘कौशल’ परियारले पनि डेब्यु गर्नुभएको छ ।

त्यसैगरी भिडियोमा सुजन रोक्का र लिजा पुनले मोडलका रुपमा डेब्यु गरेका छन् भने स्थानीय कलाकारहरुले कोरस नृत्य गरेका छन् । माडीकै विभिन्न पर्यटकीय स्थानहरुमा छायाँकन गरिएको र सिमित श्रोतसाधनबिच तयार भएको यो भिडियो राम्रो बनेको छ । रिलिजपूर्व माडी नगरपालिकामा एक संक्षिप्त कार्यक्रमबिच भिडियोको प्रिमियर सो समेत गरिएको थियो ।


