स्वदेशपोष्ट विशेष

तेस्रो सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधि कल्याणपुर युथ क्लब कल्याणपुरलाई

१६ पाैष, माडी । माडी–६, रामराज्यपुरमा सञ्चालन भएको तेस्रो सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधि कल्याणपुर युथ क्लब (केवाईसी) कल्याणपुरले हात पारेको छ। फाइनल खेलमा शुभविहानी भरतपुरलाई १–० गोल अन्तरले पराजित गर्दै केवाईसी कल्याणपुर विजयी बनेको हो।

फाइनल खेलमा केवाईसीका पदम नेपालीले निर्णायक गोल गर्दै टोलीलाई उपाधि दिलाएका थिए। उत्कृष्ट प्रदर्शनका कारण उनी प्रतियोगिताका सर्वाधिक गोलकर्ता तथा फाइनल खेलको म्यान अफ द म्याच घोषित भए।

प्रतियोगिताका विभिन्न विधागत उत्कृष्ट खेलाडीहरु समेत घोषित गरिएको छ। बेष्ट गोलकिपर केवाईसी कल्याणपुरका प्रवेश थापामगर घोषित भए भने बेष्ट डिफेन्डरको उपाधि केवाईसीकै शिशिर नेपालीले हात पारे। यस्तै, बेष्ट मिडफिल्डरको उपाधि शुभविहानी भरतपुरका असिम मगरले प्राप्त गरे।

यस प्रतियोगितामा विजेता केवाईसी कल्याणपुरले नगद ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता शुभविहानी भरतपुरले २० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ। प्रतियोगिता अन्तर्गत भेट्रान भलिबलतर्फखेलमा मल्लाजी समाज माडी–६ ले माडी–९ लाई लगातार ३ सेटमा पराजित गरेको थियो ।

समापन समारोह तथा फाइनल खेलको प्रमुख अतिथिका रूपमा वडाध्यक्ष दीपेन्द्र पौडेलले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै खेलकुदले युवालाई अनुशासन, एकता र सकारात्मक दिशामा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

तपाईको प्रतिक्रिया