चितवन खबर पोष्ट

क्रसर प्रभावित घर परिवारहरुलाई सामरी उत्थान सेवा संस्थाद्वारा पानी फिल्टर वितरण

१६ पाैष, माडी । माडी नगरपालिकाद्वारा सञ्चालित गिट्टी ढुङ्गा बालुवा प्रशोधन प्लाण्ट (क्रसर)बाट प्रभावित घर परिवारहरुलाई सामरी उत्थान सेवा संस्थाले पानी फिल्टर वितरण गरेको छ ।

माडी नगरपालिका वडा नं. ५, ढिकुरबारी क्षेत्रमा बसोबास गर्ने २८ घरपरिवारलाई पानी शुद्धिकरणका लागि माडी ८, खरकट्टास्थित सो संस्थाले फिल्टर वितरण गरेको हो । संस्थाका निर्देशक बिमला गायकले क्रसर प्रभावित परिवारहरुलाई फिल्टर हस्तान्तरण गर्नुभयो ।

क्रसर वरपरको क्षेत्रमा बसोबास गरिआएका घरपरिवार क्रसरको चर्को आवाजसंगै धुलोबाट प्रभावित रहँदै आएका छन् । धुलोका कारण पानी अशुद्ध हुने भएकाले पिउने पानीको शुद्धताका लागि क्रसर प्रभावित घरपरिवारलाई फिल्टर वितरण भएको माडी-५ का वडाध्यक्ष (एवं फिल्टर हस्तान्तरण कार्यक्रमका सभाध्यक्ष) वडाध्यक्ष गणेश कुमार विश्वकर्माले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया