चितवन खबर पोष्ट

नेपाल सुनचाँदी व्यवसायी संघ चितवन अन्तरगत माडी शाखाको अध्यक्षमा कृष्ण गोतामे पुनर्चयन

१८ पाैष, माडी । नेपाल सुनचाँदी व्यवसायी संघ चितवन अन्तरगत माडी शाखाको अध्यक्षमा कृष्ण गोतामे पुनर्चयन हुनुभएको छ । शुक्रबार सम्पन्न शाखाको चौथो साधारण सभा तथा चौथो अधिवेशनले तेश्रो कार्यकालका लागि गोतामेलाई अध्यक्षको जिम्मेवारी सुम्पँदै नयाँ कार्यसमिति गठन गरेको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा शिवलाल सुनार, उपाध्यक्षमा ताराबहादुर विश्वकर्मा र महासचिवमा दुर्गा बहादुर सुनार चयन हुनुभएको छ । कोषाध्यक्षमा ईश्वरी बहादुर सुनार, सचिवमा सीता सुनार र सदस्यहरुमा कर्ण बहादुर सुनार, प्रेमबहादुर सुनार र छबिलाल बि.क. चयन हुनुभएको छ ।

त्यस्तै, माडी शाखा समितिको लेखा संयोजकमा प्रकाश बि.क. र अनुगमन संयोजकमा शंकर बि.क.लाई जिम्मेवारी दिइएको छ । माडी भिलेज रिसोर्टमा सम्पन्न साधारणसभा तथा अधिवेशन कार्यक्रममा माडी नगर क्षेत्रका सुनचाँदी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया