२३ पाैष, माडी । माडी-६, स्याउलीबासस्थित शिशु कल्याण आधारभूत विद्यालयले पूर्व शिक्षकहरुलाई सम्मान गरेको छ । त्यस क्रममा पूर्व शिक्षकहरुले सामुहिक रुपमा १ लाख ६ हजार ८३७ रुपैंया राशीको अक्षयकोष स्थापना गरेका छन् ।
विद्यालयले एक औपचारिक कार्यक्रमबिच संस्थापक शिक्षक बिष्णु प्रसाद अधिकारी सहित पूर्व शिक्षकहरु लिलानाथ शर्मा पौडेल, अर्जुन कुमार पौडेल, सरस्वती बिष्ट, कृष्ण प्रसाद दाहाल, श्याम कुमार विष्ट, यमनाथ आचार्य, खडानन्द अधिकारी, टिकाराम आचार्य, यदुनाथ पौडेल, गणेशबाबु घिमिरे, लक्ष्मी गुरुङ, लक्ष्मी खत्री, ऋषिराम अधिकारी, भविश्वर ढकाल, नागेन्द्र झा, रेनुका भुसाल र बुद्धि पाठकलाई सम्मान गरेको हो ।

सोही सम्मान तथा पनर्मिलन कार्यक्रममा विद्यालयका संस्थापक शिक्षक बिष्णु प्रसाद अधिकारीले २५ हजार, यमनाथ आचार्यबाट १५ हजार, लक्ष्मी गुरुङबाट ७ हजार ७७७, नागेन्द्र झाबाट ७ हजार ५००, बुद्धि पाठकबाट ५ हजार ५५५, रेनुका भुसालबाट ५ हजार ५ तथा लिलानाथ शर्मा पौडेल, अर्जुन कुमार पौडेल, श्याम बिष्ट, सरस्वती बिष्ट, गणेशबाबु घिमिरेबाट जनही ५/५ हजार रुपैंया अक्षयकोषमा योगदान गरिएको हो ।

बुधबार विद्यालय प्राङ्गणमा वि.व्य.स. अध्यक्ष चुडामणि पाण्डेको अध्यक्षता र माडी-६ का वडाध्यक्ष दीपेन्द्रराज पौडेलको प्रमुख आतिथ्यमा सञ्चालित सो पूर्व शिक्षक कर्मचारी पुनर्मिलन एवं सम्मान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यमनाथ पौडेलले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो।

