चितवन खबर पोष्ट

नेपाली काँग्रेसले चितवन ३ बाट काँग्रेस नेता टेकप्रसाद गुरुङले उम्मेदवारी दर्ता (भिडियो सहित)

०६ माघ, माडी । नेपाली काँग्रेसले चितवन निर्वाचन क्षेत्र नं. ३ बाट काँग्रेस नेता टेकप्रसाद गुरुङले उम्मेदवारी दर्ता गर्नुभएको छ । चितवनका पूर्व पार्टी सभापतिसमेत रहनुभएका गुरुङलाई अन्तिम समयमा कांग्रेसले उम्मेदवार बनाएको हो ।

मंगलबार साँझपख बाजागाजा र -याली सहित कांग्रेसबाट गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको हो । गुरुङ चितवनको राजनीतिमा अनुभवी र प्रभावशाली नेताका रूपमा परिचित हुनुहुन्छ । उहाँ तत्कालीन जिल्ला विकास समिति चितवनका सभापति, काँग्रेस चितवनका सभापति तथा पार्टीको केन्द्रीय सदस्यसमेत भइसकेका व्यक्ति हुनुहुन्छ।

चितवन–३ मा यसपटक प्रतिस्पर्धा कडा देखिएको छ। यस क्षेत्रमा नेकपाबाट रेनु दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम तथा नेकपा एमालेबाट शंकर थपलिया उम्मेदवार बन्नुभएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महानगर अध्यक्ष दिपक थापालाई उम्मेदवार बनाएको छ । यसअघिका सांसद राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे यसपटक उम्मेदवारीबाट पछि हट्नुभएको अवस्था छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार