१५ माघ, माडी । चुनाबी घरदैलोका क्रममा माडी क्षेत्रमा रहेको नेपाली कांग्रेसको टोलीले माडी–६, कल्याणपुरस्थित बाँदरमुढे स्मारकमा मौनधारण गरेको छ । नेपाली काँग्रेसबाट चितवन क्षेत्र नं. ३ का प्रत्यक्षतर्फका उम्मेदवार टेकप्रसाद गुरुङ सहितको टोलीले बाँदरमुढे घटनामा परेका मृतक (सहिद)हरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौनधारण गरेको हो ।
यसैबिच, घरदैलो अभियानका क्रममा कांग्रेस उम्मेदवार गुरुङ सहितको टोलीले माडीको हुलाकी मार्ग केन्द्रीत भेटघाट गरेको छ । त्यस क्रममा उम्मेदवार गुरुङले कानुन निर्माणसँगै विकास निर्माणलाई पनि समान महत्व दिने बताउनुभयो ।

जनताको जीउधनको सुरक्षाका लागि सबैभन्दा महत्वपूर्ण कुरा रीउ करिडोर निर्माण गर्नु रहेको उहाँले बताउनुभयो । यसबाहेक एक सांसदका रुपमा आफूले खोला तटबन्धन र त्यहाँबाट गिट्टी ढुङ्गा निकाली बाढी नियन्त्रणमा पनि काम गर्ने उहाँको भनाई छ ।


