देश-प्रदेश खबर पोष्ट

हनुमानझुलामा बिजुली, बाटो, तटबन्धन र पूर्जा वितरण गर्ने रेनु दाहालको प्रतिवद्धता (भिडियो सहित)

१५ माघ, माडी । नेकपाबाट चितवन क्षेत्र नं. ३ का उम्मेदवार रेनु दाहालले हनुमानझुलामा बिजुली, बाटो, तटबन्धन र लालपूर्जा वितरण गरी व्यवस्थित बस्ती बसाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

चुनाबी घरदैलोका क्रममा माडी–९ हनुमानझुला पुग्दा स्थानीयबासीहरुको सवालको जवाफ दिंदै उहाँले विगतमा सुरु भइसकेको विकास निर्माणका कामहरुलाई पुरा गरिछाड्ने दृढता व्यक्त गर्नुभएको हो । बोल्नेभन्दा काम गरी देखाउने र बोलेको कुरा पुरा गरिछाड्ने आफ्‌नो पृष्ठभूमि रहेको उहाँको भनाई थियो ।

दाहालले विगतमा नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका प्रतिबद्धताअनुसार भूमिहीनलाई निस्सा वितरण र जग्गा नापजाँचको काम अघि बढाइएको उल्लेख गर्दै बाँकी प्रक्रिया आफूले पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

त्यस क्रममा हनुमानझुलाबासीहरुले सडक, विद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्य तथा भूमि व्यवस्थापनका समस्या वर्षौंदेखि समाधान हुन नसकेको गुनासो गरेका थिए । उनीहरूले यसपटकको निर्वाचनबाट हनुमानझुलाको विकास र निकास दुबै हुनुपर्ने माग उठाएका थिए ।

तपाईको प्रतिक्रिया

ताजा समाचार