चितवन खबर पोष्ट

माडीमा चुनाबी उम्मेदवारहरूबीच सौहार्दपूर्ण भेट, स्वस्थ राजनीतिक संस्कारको उदाहरण

१५ माघ, माडी । चुनाबी सरगर्मी बढ्दै जाँदा दलका कार्यकर्ताहरूबिच असहिष्णुता, घोचपेच र गालीगलाैज पनि बढ्दैछ, तर राजनैतिक संस्कार बोकेका चितवनका केहि चुनाबी प्रत्यासीहरू भने परस्पर हार्दिक देखिएका छन् ।

मंगलबार माडीको बसन्तपुरमा नेपाली काँग्रेसबाट चितवन क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फका उम्मेदवार टेकप्रसाद गुरुङ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रेनु दाहालको भेट हुँदा हार्दिकतापूर्वक कुराकानी भएको हो । दुबैजनाले एकअर्कालाई शुभकामना दिंदै सम्मान प्रकट समेत गरेका थिए ।

भेटमा नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका स्थानीय एवं जिल्लास्तरका नेता कार्यकर्ताहरू समेत सहभागी रहेका थिए । यसअघि नेकपा एमालेका उम्मेदवार शंकरराज थपलिया र नेकपाकी दाहालबिच घरदैलोका क्रममा भेट हुँदा पनि त्यस्तै हार्दिकता देखिएको थियो ।

हाल, दलका कार्यकर्ताहरुबिच परस्पर चर्को आलोचना र गालीगलौज गर्ने कुसंस्कार बढेको देखिनु दुखद् भन्दै बौद्धिक तप्काले आ-आफ्‌नो एजेण्डामा स्वस्थ चुनाबी स्पर्धा हुनु राम्रो हुने धारणा व्यक्त गर्न थालेका छन् । यो राजनैतिक संस्कार नयाँ पुराना सबै दलका नेता कार्यकर्तामा हुनुपर्ने सबैको अपेक्षा देखिन्छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार