स्वदेशपोष्ट विशेष

प्रतिनिधिसभा निर्वाचनबाट रास्वपा बन्यो ठूलो दल, श्रम संस्कृति र राप्रपा सहित ६ वटा पार्टी बने राष्ट्रिय दल

२६ फागुन, माडी । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । निर्वाचनबाट रास्वपा सर्बाधिक ठूलो दल बन्दै गर्दा ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।

राष्ट्रिय दलको मान्यत पाएकाहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन् ।

यसैबिच, समानुपातिक निर्वाचन अन्तरगतको १ करोड ८ लाख ४ हजार ७०१ मतगणनाबाट राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ६७ हजार ४२९ मत पाएको छ । त्यस्तै दोश्रो भएको नेपाली काँग्रेसले १७ लाख ५७ हजार १०० मत ल्याएको छ ।

तेश्रो स्थानमा आइपुगेको नेकपा एमालेलाई १४ लाख ५३ हजार ७८९, चौथो स्थानको नेपाली कम्युनिष्ट पार्टीलाई ८ लाख १० हजार ४७९ र पाँचौ स्थानमा आइपुगेको नयाँ दल श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ८०६ मत ल्याएको छ ।

छैठाैं स्थानमा रहँदै राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ३० हजार ३८६ मत ल्याएको छ । यस अनुसार समानुपातिकतर्फ रास्वपाले ५७ सिट, कांग्रेसले २० सिट, एमालेको १६ सिट, नेकपाको ९ सिट तथा श्रम संस्कृति र राप्रपाको ४/४ सिट प्राप्त गर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया