चितवन खबर पोष्ट

रास्वपाबाट चितवन–३ का विजेता सोविता गौतमको चुनाबी खर्च ९ लाख ९३ हजार ४५ रुपैंया मात्रै !

२८ फागुन, माडी । राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन–३ का विजेता उम्मेदवार सोविता गौतमले आफ्‌नो चुनाबी खर्च सार्वजनिक गर्नुभएको छ । सांसद निर्वाचित गौतमले निर्वाचन आयोग कार्यालयमा पेश गरी सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको चुनाबी खर्च विवरण अनुसार उहाँको कूल खर्च ९ लाख ९३ हजार ४५ रुपैंया मात्रै रहेको छ ।

उहाँले मनोनयन दर्ताका लागि ५ हजार, प्रचार–प्रसार सामग्रीका लागि ३ लाख १७ हजार ४००, मतदाता प्रशिक्षणमा ३० हजार, नमुना मतपत्र र घोषणापत्र छपाईमा ७४ हजार २०० र वडास्तरीय प्रचारप्रसार कार्यमा १ लाख खर्च भएको उल्लेख गर्नभएको छ ।

त्यस्तै, २ वटा सवारी साधनका लागि ३ लाख २५ हजार, स्टेशनरी सामग्रीका लागि २३ हजार ४४५ तथा खाद्यान्न, राशन र पानी शीर्षकमा १ लाख १८ हजार रुपैंया मात्रै खर्च भएको उल्लेख रहेको छ । गौतमको चुनाबी खर्च विवरण दाखिल गरिएको कागजातमा उम्मेदवारका प्रतिनिधि कैलाश घिमिरेले हस्ताक्षर गरेका छन् ।

निर्वाचन आयोगले उम्मेदवारहरूलाई कानुन र निर्वाचन आचारसंहिता अनुसार चुनावी खर्चको विस्तृत विवरण पेश गर्न अनिवार्य गरेको छ । तर, चुनाबका बेला ठूलो खर्च हुनेगरेपनि उम्मेदवारहरूले कम खर्चमात्रै सार्वजनिक गर्ने गरेको आरोप लाग्दै आएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार