चितवन खबर पोष्ट

ब्रह्मज्योति आधारभूत विद्यालयको व्यवस्थापन समितिमा तीन सदस्य चयन

०२ बैशाख, माडी । ब्रह्मज्योति आधारभूत विद्यालय, माडी–५, ब्रह्मपुरीको विद्यालय व्यवस्थापन समितिमा आरती लामिछाने, हाइराम विश्वकर्मा र ललिता महतो चयन हुनुभएको छ ।

बुधबार (आज) वडाध्यक्ष गणेश प्रसाद विश्वकर्माको अध्यक्षतामा सम्पन्न अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिका लागि सदस्य पदमा उहाँत्रयको चयन भएको हो । अब, पदेन थप चयन हुने अन्य सदस्यहरुको मनोनयन भइ नयाँ विद्यालय व्यवस्थापन समिति गठन हुने विद्यालयका शिक्षक सरस्वती घिमिरेले जनाउनुभयो

तपाईको प्रतिक्रिया