चितवन खबर पोष्ट

आमा नैनादेवी बस्यालको ८३औँ जन्मोत्सवमा माडीमा खुल्ला रक्तदान कार्यक्रम आयोजना

०२ बैशाख, माडी । आमा नैनादेवी बस्यालको ८३ औँ जन्मोत्सवको अवसर पारी बस्याल परिवारले माडीमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

बसन्तपुर बजारको खुला मञ्चमा २०८३ बैशाख ३ गते बिहिबार (भोलि) बिहान ९ बजेदेखि खुला रक्तदान कार्यक्रम आयोजना गरिएको बस्याल परिवार सदस्य एवं माडीका रेडक्रसकर्मी भागिरथ बस्यालले बताउनुभयो ।

आमाको इच्छाअनुसार रक्तदान कार्यक्रम आयोजना गरेको उहाँको भनाई थियो । यस कार्यक्रमले स्थानीय स्तरमा रगत अभावको समस्या न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।

“सेवा नै धर्म हो, रक्तदान जीवनदान हो” भन्ने नारासहित आयोजना हुन लागेको कार्यक्रममा स्थानीयवासी, युवाहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया