चितवन खबर पोष्ट

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ बैशाख ६ गते माडी आउने

०३ बैशाख, माडी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ माडी आउनुहुने भएको छ । कर्णबहादुर घर्ती स्मृति प्रतिष्ठानको १३औं साधारणसभा कार्यक्रममा प्रमुख अतिथिका रुपमा आउँदो बैशाख ६ गते मुख्यमन्त्री बानियाँ माडी आउन लाग्नुभएको हो ।

नेपाली कांग्रेसका प्रभावशाली नेता समेत रहनुभएका मुख्यमन्त्रीले प्रतिष्ठानको नवनिर्मित भवनको समुद्घाटन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका सभापति तुलप्रसाद घर्तीले जनाउनुभयो ।

एक सामाजिक संस्थाका रुपमा कर्णबहादुर घर्ती स्मृति प्रतिष्ठानले माडी–६, रामराज्यपुरमा सभाहल सहितको भवन संरचना निर्माण गरेको छ । सोही भवनबाट हाल रेडियो बाल्मीकि सञ्चालनमा रहेको छ ।

प्रतिष्ठानले माडी क्षेत्रमा विभिन्न सामाजिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ । गतबर्ष कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठको प्रमुख आतिथ्यमा हाडजोर्नी, नशा र बाथरोग सम्बन्धी स्वास्थ्य शिविरसहित १२औं साधारणसभा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया