चितवन खबर पोष्ट

डढेलोको धुवाँले माडी ढाकियो, आँखा पोल्ने समस्या बढ्यो

०९ बैशाख, माडी । माडीका विभिन्न सामुदायिक वन एवं चितवन राष्ट्रिय निकुञ्जमा लागेको आगो (डढेलो)का कारण माडी क्षेत्रको वायुमण्डल धुवाँले ढाकेको छ । डढेलोका कारण माडीका सबैजसो क्षेत्रमा अहिले धुवाँमय भएको छ ।

माडीको सोमेश्वर मध्यवर्ती सामुदायिक वन सहित अन्य सामुदायिक वनहरुमा ठूलो डढेलो फैलिएको हो । वन डढेलोका कारण वायुमण्डलमा तुवाँलो बढ्दा आँखा पोल्ने र चिलाउने समस्या व्यापक बनेको छ ।

डढेलोको धुवाँमा हुने कार्बन डाइअक्साइड, नाइट्रोजन अक्साइड र सूक्ष्मकणीय पदार्थले गर्दा आँखा रातो हुने, पोल्ने, चिलाउने र पानी आउने समस्या हुन्छ । तुवाँलो बढी भएको समयमा सकेसम्म घरभित्रै बस्ने र झ्याल-ढोका बन्द राख्ने गर्नुपर्छ । आँखामा धेरै समस्या देखिए चिकित्सकसँग परामर्श लिनुपर्छ ।

तपाईको प्रतिक्रिया