चितवन खबर पोष्ट

सातौं चरणमा माडीमा सहयोग: जीवनज्योति नेपालद्वारा खाद्य र शैक्षिक सामग्री वितरण

१९ बैशाख, माडी । माडीको बरुवा बजारमा मुख्य कार्यालय रही हाल पूर्वी चितवनको रत्ननगरबाट सञ्चालित जीवनज्योति नेपाल नामको संस्थाले माडीमा खाद्यान्न र स्टेशनरी सामग्री वितरण गरेको छ ।

प्रत्येक महिना १० जना अपांग वा अशक्त व्यक्तिको परिवारलाई खाद्यसामग्री र १० जना बिपन्न बालबालिकाहरुलाई स्टेशनरी सामग्री वितरणको निरन्तरतामा (यसपटक सातौं पटक) माडीमा सो सामग्री वितरण गरिएको संस्थाले जनाएको छ ।

स्वदेशी एवं विदेशी दातृव्यक्तिहरुबाट संकलिन सहयोग रकमबाट चितवन जिल्लाका विभिन्न स्थानमा मासिक रुपमा सहयोग हस्तान्तरण गर्ने गरिएको र अर्को महिना माडीकै हनुमानझुला क्षेत्रमा सहयोग सामग्री वितरण गर्ने योजना रहेको संस्थाका अध्यक्ष कुलबहादुर वियोगीले जनाउनुभयो ।

तपाईको प्रतिक्रिया