चितवन खबर पोष्ट

नेकपाको महाधिवेशन मंसिर ११–१५ मा, संगठन सुदृढीकरण अभियान अघि बढ्ने

१९ बैशाख, माडी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी २०८३ साल मंसिर ११ देखि १५ गतेसम्म काठमाडौँ मा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। एकता राष्ट्रिय महाधिवेशनको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सम्पन्न केन्द्रीय कार्यसंयोजन समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकले महाधिवेशनलाई लक्षित गर्दै असार र साउन महिनाभित्र पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसैगरी, भदौ १५ गतेभित्र वडा तहका अधिवेशन सम्पन्न गर्ने, भदौ १६ गतेदेखि मसान्तसम्म पालिका तहका अधिवेशन गर्ने निर्णय गरिएको छ।

असोज मसान्तभित्र जिल्ला तहका तथा कात्तिक १५ गतेसम्म प्रदेश तहका अधिवेशनहरू सम्पन्न गरिने कार्यसूची तय गरिएको छ। यसबाहेक नेकपाको अर्को एक बैठकले आगामी जेठ मसान्तभित्र सबै जनवर्गीय संगठन तथा स्थानीय तहका कमिटीहरूको समायोजन सक्ने तय गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया