चितवन खबर पोष्ट

नारी अभ्युदय केन्द्रको ३६औँ स्थापना दिवस: सप्ताहव्यापी कार्यक्रम सुरु

चितवन, नारायणगढ — नारी अभ्युदय केन्द्र, नारायणगढले आफ्नो ३६औँ स्थापना दिवसको अवसरमा सप्ताहव्यापी विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रमको उदघाटन भएको छ । संस्थाले सार्वजनिक गरेको कार्यक्रम तालिका अनुसार जेठ १० गतेदेखि २१ गतेसम्म विविध कार्यक्रम सञ्चालन गरिनेछ।

कार्यक्रमअन्तर्गत चितवन नेत्रहीन संघमा आबद्ध दृष्टिविहीन सदस्यहरूलाई सेतो छडी वितरण, आदिकवि भानु माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर, अन्तर विद्यालय लाइभ पेन्सिल आर्ट्स प्रतियोगिता तथा दैनिक उपभोग्य सामग्री हस्तान्तरण कार्यक्रम आयोजना गरिने जनाइएको छ। त्यसैगरी सरसफाइ कार्यक्रम, ३६औँ स्थापना दिवस समारोह, दीप प्रज्वलन, छात्रवृत्ति वितरण, सदस्य सम्मान तथा पुरस्कार वितरण कार्यक्रम पनि समावेश गरिएको छ।

कार्यक्रमको अन्तिम दिन मानव सेवा आश्रम, कमलनगरमा वार्षिक भोजन सेवा कार्यक्रम सञ्चालन गरिने केन्द्रले जनाएको छ। पहिलो दिनको कार्यक्रम अन्तर्गत चितवन नेत्रहीन संघमा आबद्ध दृष्टिविहीन सदस्यहरूलाई सेतो छडी वितरण गरिएको हो । संस्थाका अध्यक्ष विष्णु रायमाझीको अध्यक्षतामा सञ्चालित कार्यक्रमको प्रमुख अतिथी संस्थापक अध्यक्ष कस्तुरी श्रेष्ठ कार्यक्रम संयोजक श्री छाँया श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया