१९ जेष्ठ, चितवन । दिवंगत खगिसरा चपाईको १२औँ दिनको पुण्यतिथिको अवसरमा माडी–५, ब्रह्मपुरीमा आयोजित रक्तदान कार्यक्रममा श्रद्धाञ्जलीस्वरूप २१ जनाले रक्तदान गरेका छन् ।
चपाई परिवारको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी बघौंडा उपशाखा र “मानवताका लागि रक्त अभियान” को सहयोगमा मृतकको पारिवारिक निवासमा मंगलबार बिहान रक्तदान कार्यक्रम सञ्चालन भएको हो ।
स्वर्गीय चपाईप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारले मृत्यु संस्कारसँग जोडेर मानव सेवाको भावनालाई अघि बढाउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ ।

यसैबिच, ३१औँ स्थापना दिवसको अवसर पारी टेकमाइन्ड्स नेटवर्क लिमिटेडले भरतपुरमा खुला रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । २०५२ साल जेठ १९ गते स्थापना भएको र माडी क्षेत्रको पहिलो इन्टरनेट सेवा प्रदायक समेत रहेको सो कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित सो कार्यक्रममा स्थानीय नागरिक र कम्पनीका कर्मचारीहरु सहभागी रहेका थिए ।



