खेल र खेलाडी पोष्ट

बसन्तपुर भलिबल स्पर्धा: पुरुषतर्फ वडा २ र ३, महिलातर्फ वडा १ र ५ फाइनलमा

१८ जेष्ठ, चितवन । माडीको बसन्तपुरमा सञ्चालित भलिबल स्पर्धातर्फ उपाधीका लागि युवा विद्यार्थी (पुरुष)तर्फ वडा नं. २ र ३ एवं महिला विद्यार्थी (महिला)तर्फ वडा नं. १ र ५ भिँड्ने भएका छन् । सोमबार सञ्चालित सेमीफाइनल र त्यसअघिका चरणका खेलहरु जित्दै पुरुषतर्फ वडा नं. २ र ३ तथा महिलातर्फ वडा नं. १ र ५ ले फाइनल यात्रा तय गरेका हुन् ।

पुरुषतर्फ सेमीफाइनलमा वडा नं. ६ लाई पराजित गर्दै वडा नं. ३ ले र वडा नं. ५ लाई पराजित गर्दै वडा नं. २ ले फाइनलमा स्थान सुरक्षित गरेका थिए । त्यस्तै, महिलातर्फ वडा नं. ७ लाई पाखा लगाउँदै वडा नं. ५ र वडा नं. ९ लाई पराजित गर्दै वडा नं. १ फाइनल प्रवेश गरेको थियो ।

महिलातर्फको फाइलन मंगलबार (भोलि) दिउँसो ३ बजे र पुरुषतर्फको फाइनल दिउँसो ४ बजे हुने खेल तालिका रहेको छ । नवौँ राष्ट्रिय भलिबल स्थापना दिवस–२०८३ को अवसर पारी माडी नगर खेलकुद विकास समितिको आयोजनामा सो प्रतियोगिता सञ्चालन भएको खेल संयोजक नारायण पौडेलले जनाउनुभयो ।

तपाईको प्रतिक्रिया