माडी (स्थानीय) खबर पोष्ट

मेयर कप फुटबल: जनकल्याण र दिवाकर स्मृति माविको शानदार जित

१८ जेष्ठ, चितवन । शिक्षासंगै खेलकूद भन्ने नारासहित नगर शिक्षा तथा खेलकूद विकास समिति माडीद्वारा सञ्चालित मेयर कप विद्यालय स्तरीय छात्रछात्रा फुटबल प्रतियोगितामा सोमबार जनकल्याण र दिवाकर स्मृति मावि विजयी भएका छन् ।

छात्रतर्फको खेलमा जनकल्याण माविले खैरहनी माविलाई ३–० गोल अन्तरले पराजित गर्दा अनिल परियारले जनकल्याणका लागि ह्याट्रिक गर्दै ’प्लेयर अफ द म्याच’ घोषित हुनुभयो ।

त्यस्तै, छात्रातर्फ दिवाकर स्मृति माविले जनकल्याण माविलाई ८–० को फराकिलो अन्तरले हराउँदा साहारा क्षेत्री र जस्मिन महतोले समान ४–४ गोल गर्नुभयो भने महतो ’प्लेयर अफ द म्याच’ घोषित समेत हुनुभयो ।

तपाईको प्रतिक्रिया