चितवन खबर पोष्ट

माडीमा अपाङ्गता अधिकार सम्बन्धी कानुनी सचेतना अभियान सुरु

१८ जेष्ठ, चितवन । माडीमा अपाङ्गता भएका नागरिकहरुको छातासंस्था मानिने अपाङ्गता समाज माडीले हनुमानझुला सहित माडीका विभिन्न ५ स्थानहरुमा कानुनी सचेतना परामर्श कार्यक्रम सञ्चालन गर्दैछ ।

माडी नगरपालिकाको सहयोगमा सञ्चालित समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम (सी.बी.आर.) अन्तरगत अपांगता ऐन नियमावली तथा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी (प्रोटोकल २०२६) का बारेमा कानुनी परामर्श दिइएको हो ।

सोही प्रकृतिको कार्यक्रम भोलि जेष्ठ १९ गते वडा नं. ९ मा, २१ गते वडा नं. ६ मा, २३ गते वडा नं. ३ मा र २४ गते वडा नं. १ मा सञ्चालनको कार्यक्रम रहेको अपांगता समाज माडीका अध्यक्ष यमबहादुर अधिकारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया