१९ जेष्ठ, चितवन । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तर्गत बघौडा उपभोक्ता समिति, माडी–३ बसन्तपुरको आयोजनामा वन्यजन्तुबाट पीडित परिवारका सदस्यहरूलाई लक्षित गरी सिपमूलक तालिम दिइएको छ ।
जेठ ११ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको सो तालिममा १५ जना सहभागी रहेका थिए । वन्यजन्तुबाट प्रभावित परिवारलाई सिपमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको समितिका अध्यक्ष बलराम महतोले बताउनु भयो । सहभागीहरूले हस्तकला सामग्रीसंगै साबुन सर्फ उत्पादन गर्न सिकेका हुन् ।
अध्यक्ष महतोको अध्यक्षतामा सम्पन्न हस्तकला सामग्री निर्माण सम्बन्धी उक्त तालिम समापन कार्यक्रममा निकुञ्जको माडी बगहीं सेक्टरका संरक्षण अधिकृत शान्त बहादुर मगर र माडी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुरन महतो लगायतको आतिथ्य रहेको थियो ।




