जेठ ११, चितवन । नारायणगढ, चितवनस्थित नारी अभ्युदय केन्द्रको ३६औँ स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत माडीको आदिकवि भानु माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर सम्पन्न गरिएको छ।
भरतपुर आँखा अस्पताल तथा नेपाल नेत्रज्योति संघको प्राविधिक सहयोगमा आयोजित शिविरमा ८५० जनाको आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा दृष्टि समस्या देखिएका ७५ जनालाई निःशुल्क चस्मा वितरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा नारी अभ्युदय केन्द्रकी आजीवन सदस्य छाँया श्रेष्ठले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।



