देश-प्रदेश खबर पोष्ट

बीपी राजमार्गमा बस दुर्घटना: ८ जनाको मृत्यु, १५ घाइते

चितवन, २९ जेठ ०८३ — बीपी राजमार्ग अन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा यात्रुबस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। काभ्रेका डीएसपी रबिन विष्टका अनुसार, घटनास्थलमै सात जनाको र एकजनाको उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा अन्य १५ जना घाइते भएको र उनीहरूको तत्काल उद्धार गरी उपचारका लागि अस्पतालमा पठाइएको विष्टले जानकारी दिए। प्रहरीका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस बुच्चाकोटमा पुग्दा दुर्घटनामा परेको हो।

तपाईको प्रतिक्रिया